खरेलको दुर्गामाण्डौ सार्वजनिक

<?php echo ucwords($the_title); ?>

– लाइक नेपाल डट कम । सुदूरपश्चिममा व्याप्त महिला हिंसा र कुरितीमा आधारित भएर लेखिएको पुस्तक दुर्गामाण्डाँै विमोचन गरिएको छ । आज काठमाडाँैमा आयोजित एक कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले उक्त पुस्तक संगै त्यसै घटनामा आधारित रहेर तयार पारिएको ४८ मिनेट लामो लघुचलचित्रको पनि प्रथम प्रदर्शनी गरिएको छ ।

पत्रकार तथा चलचित्रकर्मी माधव राज खरेलद्वारा लिखित तथा पत्रकार नवराज दुवाडीद्वरा सम्पादित उक्त पुस्तकमा सुदूरपश्चिमको डोटी जिल्लामा रहेको दुर्गामाण्डौँ गाउँको घटनालाई प्रतिनिधि घटना बनाई उक्त पुस्तक तयार पारिएको हो । साथै उक्त विषयमै आधारित लघुचलचित्र पनि उनै माधव राज खरेलले नै निर्माण तथा निर्देशन गरेका हुन ।

‘कुइनेटो’को अडियो ‘जुकेवक्स’ सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कुइनेटो’को अडियो गीत ‘जुकवक्स’ सार्वजनिक गरिएको छ । मिडिया एन्ड इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण भएको चलचित्र ‘कुइनेटो’को अडियो गीत ‘जुकवक्स’ हाइलाइट्स नेपालले सार्वजनिक गरेको छ । 
सार्वजनिक गरिएको अडियो गीतमा ‘आकासको जुन तिमी’, ‘जलेको जल्यै छ यो मन’ र ‘मै सानी सानी’ छन् । दशैंपछि प्रदर्शनको तयारी गरिएको  चलचित्र ‘कुइनेटो’मा श्रीदेव भट्टराई, सानीया खान, श्रीजु अधिकारी एनआर रिमाल, केशव सापकोटा, मोतीराम जैशी, गंगा भुजेल, किशोर विसी गोपाल क्षेत्री, रविन्द्र बम लगायतका कलाकारको अभिनय छ ।
जनकराज अधिकारीको छायांकन, प्रदिप दाहालको सम्पादन, किरण दाहालको द्वन्द्व रहेको यस चलचित्रलाई माधव खरेलले निर्देशन गरेका छन् ।
काठमाडौं । चलचित्र ‘विरानो माया’ आउँदो शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो चलचित्रलाई सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ । मौलिक कथामा आधारित भनिएको ‘बिरानो माया’ मा नेपाली मौलिक भाषा, संस्कृति र सभ्यतालाई कलात्मक रुपमा प्रस्तुत गरिएको निर्माणपक्षको दावी छ ।

पुलिसकै अगाडी यसरी भयो बुथ क्याप्चर (भिडियो सहित)

 ३ जेठ, काडमाडौँ – गत बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा दोलखाको बैतेश्वरमा बुथ क्याचर भएको भिडियो सार्वजनिक भएको छ । माओवादी केन्द्र र नेपाली काँग्रेसले गरिएको भनिएको बुथ क्याप्चर पं्रहरी अगाडी भएको देखिन्छ ।

भिडियोमा मतदान स्थाल कब्जामा लिइएको र भताभुङ्ग पारिएको दृश्य प्रष्ट देख्न सकिन्छ । प्रहरीकै अगाडी केही युवाहरुले “कोही पट्याउ कोही छाप हान” भन्दै भटाभट मतपत्र कब्जामा लिई छाप हान्दै गरेको देखिन्छ । यो भिडियो स्थानीय खगराज जिरेलले युट्युव मार्फत सार्वजनिक गरेका छन् ।